+
+
Shares

अकबरे खुर्सानीको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार अकबरे खुर्सानीको भाउ घटेको तथ्यांक सार्वजनिक गरेको छ।
  • अकबरे खुर्सानीको भाउ शुक्रबार थोकमा प्रतिकिलो ३२ रुपैयाँले घटेर १८२ रुपैयाँमा किनबेच भइरहेको छ।
  • जेठ दोस्रो साता अकबरे खुर्सानी प्रतिकिलो २ सय ८० रुपैयाँ र वैशाख दोस्रो साता ३ सय ७७ रुपैयाँमा किनबेच भएको थियो।

२७ असार, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३२ रुपैयाँले घटेको छ । बिहीबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय १४ रुपैयाँमा किनबेच भएको थियो ।

आज शुक्रबार भने प्रतिकिलो १ सय ८२ रुपैयाँमा किनबेच भइरहेको छ ।

जेठ दोस्रो साता अकबरे खुर्सानी प्रतिकिलो २ सय ८० रुपैयाँमा किनबेच भएको थियो भने वैशाख दोस्रो साता अकबरे खुर्सानी ३ सय ७७ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?