
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा ट्राफिक प्रहरीले चोरी पैठारी गरी नेपाल भित्र्याइएको आशंकामा दुई जनालाई दुई वटा कारसहित पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा धनबहादुर तामाङ र मोहन लामासहित बा १६ च ३१३१ र बा १६ च ४०१७ नम्बरको सुझुकी स्वीफ्ट कारहरू छन्।
- प्रहरी उपरीक्षक दीपक गिरीले ती गाडीहरू चोरी पैठारीमार्फत नेपाल भित्र्याइएको हुनसक्ने आशङ्का गरिएको उल्लेख गरे।
२९ असार, काठमाडौं । चोरी पैठारी गरी नेपाल भित्र्याइएको आशंकामा ट्राफिक प्रहरीले दुई वटा कारसहित दुई जनालाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल जोरपाटी बेशीगाउँ बस्दै आएका ४० वर्षीय धनबहादुर तामाङ र सिन्धुली गोलन्जोर गाउँपालिका–३ का ३९ वर्षीय मोहन लामा छन् ।
उनीहरू क्रमशः बा १६ च ३१३१ र बा १६ च ४०१७ नम्बरको सुझुकी स्वीफ्ट कारसहित काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोक र बौद्धबाट पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानमा ती दुई कार यातायात व्यवस्था विभाग, एकान्तकुना वा सुझुकीको आधिकारिक कम्पनी दुवैको अभिलेखमा दर्ता नरहेको भेटिएको छ ।
प्रहरी उपरीक्षक तथा ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले ती गाडीहरू चोरी पैठारीमार्फत नेपाल भित्र्याइएको हुनसक्ने आशङ्का गरिएको बताए ।
उनका अनुसार थप अनुसन्धान र कानुनी कारबाहीका लागि पक्राउ परेका दुवै व्यक्तिलाई गाडीसहित आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ।
प्रतिक्रिया 4