+
+
Shares

पूर्वका सहरमा दर्शक भेट्दै ‘यो मन त मेरो नेपाली हो’का कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'यो मन त मेरो नेपाली हो'ले नेपाली भाषा, साहित्य र कलाको संरक्षणमा प्रशंसनीय काम गरेको भन्दै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
  • कलाकार रोशन श्रेष्ठ, बुद्धि तामाङ र निर्देशक मित्र प्रधान पूर्वका हलहरूमा पुगेका छन् र दमकको डी-म्याक्स हलमा खचाखच दर्शक थिए।
  • निर्देशक प्रधानले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया आएको बताए र फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुसा समाल र बुद्धि तामाङको प्रमुख भूमिका छ।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । दर्शकले कथावस्तुको प्रशंसा गरेका छन् ।

फिल्मले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्धन गर्ने प्रयासमा प्रशंसनीय काम गरेको भन्दै युवापुस्ताका दर्शकले हेर्न सुझाव दिएका छन् ।

दर्शक भेट्न कलाकार रोशन श्रेष्ठ, बुद्धि तामाङ र निर्देशक मित्र प्रधान पूर्वका हल हलमा पुगेका छन् । दमकमा फिल्म हेर्ने दर्शक बढे सँगै फिल्म युनिट पनि पूर्वका सहरमा पुगेको हो ।

आइतबार बेलुका दमकको डी-म्याक्स हलमा कलाकार पुग्दा हलमा खचाखच दर्शक थिए । हेरेर निस्किएका दर्शकले मन छुने फिल्म बनेको भन्दै फिल्म हेर्दा धेरै ठाउँमा आँसु खसेको बताए ।

भुटानी नेपाली शरणार्थीले फिल्म हेरेपछि आफूलाई पुरानो दिनको याद आएको बताउँदै आँसु खसाले । निर्देशक प्रधानले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया आउँदा खुसी लागेको बताए ।

फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुसा समाल र बुद्धि तामाङको प्रमुख भूमिका छ । पद्मा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो फिल्मका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?