
News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ।
- कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
- लघुवित्तले देशभर १८५ शाखामार्फत ७४ जिल्लामा २ लाख ४१ हजार घर परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।
३१ असार, काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ ।
उक्त लघुवित्तमा कार्यरत करिब ६ सय कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् ।
सोही व्यवस्था अनुसार ‘घ’ वर्गको राष्ट्रिय स्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आवद्ध भएको हो । लघुवित्तले हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लामा २ लाख ४१ हजार घर परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4