+
+
Shares

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते ७:५१
भरतपुर महानगरपालिका वडा नं. २९ मा पर्ने सिमलताल । फाइल फोटो

३२ असार, चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने सिमलतालबाट एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ ।

सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरु दुबैको भरतपुरको सरकारी अस्पतालमा उपचार भैरहेको छ ।

भरतपुर महानगरपालिका वडा नं. २९ मा पर्ने सिमलताल भन्ने स्थानबाट गत वर्ष असार २८ गते दुईवटा बस त्रिशूली नदीमा खस्दा बससहित ३९ यात्रु बेपत्ता छन् । दुई बसमा ६२ जना यात्रु रहेकामा तीन जना पौडिएर बाँचेका थिए भने २० जनाको शव भेटिएको थियो । अरुको भने हालसम्म पनि अत्तोपत्तो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?