News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ।
- निर्माण कम्पनीले दैनिक हर्जाना बुझाएर काम गरिरहेको छ र १ महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ।
- हालसम्म ४ हजार कुर्सी फिटिङ भइसकेको र ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको जनाइएको छ।
३२ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हाल पारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ ।
गत फागुनदेखि सुरु भएर वैशाखसम्म सम्पन्न गर्ने योजनाअनुसार काम पूरा नभएपछि थपिएको असार मसान्तसम्मको समयमा पनि काम पूरा हुनसकेको छैन ।
अब निर्माण कम्पनीले दैनिक हर्जाना बुझाएरै भए पनि काम गरिरहेको छ र एक महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ ।
हालसम्म ४ हजार कुर्सी फिटिङ भइसकेको जनाइएको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ ।
हेरौं तस्वीरहरू
प्रतिक्रिया 4