३२ असार, काठमाडौं । सरकारले तोकेको विलासिता कर नयाँ आर्थिक वर्ष (१ साउन) देखि लागू हुँदैछ । तर, सुनचाँदी व्यवसायी भने त्यस्तो कर नतिर्ने अडानमा छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी महासंघ कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यले बुधबार आन्तरिक राजस्व विभागका महानिर्देशकलाई पत्र लेख्दै तत्कालका लागि विलासिता कर र भ्याट कार्यान्वयनमा सहयोग तथा समन्वय गर्न अमसर्थ रहेको जनाएका छन् ।
सरकारले सबै प्रकारको सुनको गहना खरिदमा २ प्रतिशत विलासिता कर घोषणा गरेको छ ।
प्रतिक्रिया 4