 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सान्भी इनर्जीको ८८ लाख कित्ता सेयर दोस्रो बजारमा सूचीकृत भएको छ।
- संस्थापक समूहको ५६.९३ प्रतिशत र सर्वसाधारण समूहको ४३.०७ प्रतिशत सेयर रहेको छ।
- कम्पनीको कारोबार आगामी आइतबारदेखि आरटीएस सेवा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले प्रदान गर्नेछ।
१ साउन, काठमाडौं । सान्भी इनर्जीको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको ८८ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
जसमा संस्थापक समूहको ५० लाख १० हजार अर्थात् ५६.९३ प्रतिशत र सर्वसाधारण समूहको ३७ लाख ९० हजार कित्ता अर्थात् ४३.०७ प्रतिशत छ ।
उक्त कम्पनीको कारोबार आगामी आइतबारदेखि हुने छ । आरटीएस सेवा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले प्रदान गर्नेछ । कम्पनीले पाएको कोड नाम एसएएनभीआई रहेको छ ।
कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता मूल्य १२० रुपैयाँ ७४ पैसादेखि ३६२ रुपैयाँ २२ पैसासम्मको सीमा पाएको छ । यो सीमाभित्र पहिलो कारोबार भई त्यसपछि सोही दिन १० प्रतिशतसम्म मूल्य बढ्न वा घट्न सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4