+

राजेश हमाल कर्णाली यशविसको ‘ब्रान्ड एम्बासडर’

२०८२ साउन  ३ गते १७:०४ २०८२ साउन ३ गते १७:०४
राजेश हमाल कर्णाली यशविसको ‘ब्रान्ड एम्बासडर’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महानायक राजेश हमाल एभरेष्ट महिला भलिबल लिग टोली कर्णाली यशविसका ब्राण्ड एम्बासडर बनेका छन्।
  • कर्णाली यशविसका व्यवस्थापक लोकेन्द्र गिरी र राजेश हमालबीच ब्राण्ड एम्बासडर सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
  • एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुनेछ।

३ साउन, काठमाडौं । महानायक राजेश हमाल एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली कर्णाली यशविसको ब्राण्ड एम्बासडर बनेका छन् ।

दोस्रो सिजनका लागि कर्णाली यसभिसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको हो ।

कर्णाली यशविसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता राजेश हमालबिच शनिबार ब्राण्ड एम्बासडर सम्बन्धि सम्झैता पत्रमा हस्ताक्षर भएको हो ।

कर्णाली यशविसले महानायक राजेश हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको जनाएको छ ।

यसैगरी महानायक हमालले कर्णाली यसभिसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिएकोमा खुशी व्यक्त गरे ।

हमालले आफुले पनि जिवनका विभिन्न चरणमा भलिबल खेलेको स्मरण गर्दै भलिबल राष्ट्रिय खेल भएको र यसका माध्यमबाट नेपाली खेलाडीले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्ने प्रतिक्रिया दिए ।

हमालले गत वर्षको च्याम्पियन टोली कर्णाली यशविसले यो वर्ष पनि उपाधि रक्षा गर्ने विश्वास व्यक्त गरे ।

कर्णाली यशविसले प्रशिक्षकको रुपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ ।

कर्णाली यशविस राजेश हमाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय