+

नेपाली यू-१४ टोली डाना कप २०२५ को फाइनलमा

२०८२ साउन  ९ गते १६:४४ २०८२ साउन ९ गते १६:४४
नेपाली यू-१४ टोली डाना कप २०२५ को फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली यू-१४ टोलीले डेनमार्कमा जारी डाना कपको फाइनलमा स्थान बनाएको छ।
  • नेपाली टोलीले सेमिफाइनलमा यूएईको आईएफए स्पोर्टलाई ३–० गोलले हराएको छ।
  • रिहान बुद्ध मगर, तेजस श्रेष्ठ र युयुत्सु मणि तिम्सिनाले गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याएका छन्।

९ साउन, काठमाडौं । नेपाली फुटबल इतिहासमा पहिलोपटक यू-१४ टोलीले डाना कपको फाइनलमा स्थान बनाएको छ।

डेनमार्कमा जारी प्रतियोगितामा गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपाल संयुक्त रूपमा मिलेर बनेको नेपाली टोलीले यो सफलता हासिल गरेको हो।

सेमिफाइनलमा नेपाली टोलीले यूएईको आईएफए स्पोर्टलाई ३–० गोलले हरायो। खेलमा रिहान बुद्ध मगर, तेजस श्रेष्ठ र युयुत्सु मणि तिमल्सिनाले गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याए।

फाइनल खेल आजै बेलुकी हुँदैछ।

डाना कप २०२५

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय