+
+
Shares

पूर्व उपाध्यक्षको हैसियतमा विद्या भण्डारीको पत्रकार सम्मेलन

पत्रकार सम्मेलनमा वाचन गरेर सुनाएको वक्तव्यको अन्तिममा भण्डारीले आफ्नो परिचय ‘पूर्वउपाध्यक्ष’ भनेर राखेकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १६:४६

९ असार, काठमाडौं । आफ्नो राजनीतिक सक्रियता र सदस्यता नवीकरणबारे नेकपा एमालेले गरेको निर्णयप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छिन् ।

गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारी राजनीतिमा सक्रिय हुन नसक्ने निष्कर्षसहित सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो ।

एमालेले भण्डारीलाई पूर्व राष्ट्रपतिकै हैसियतमा रहन आग्रह गरेको थियो । तर, उनले यसलाई अस्वीकार गरेकी छिन् ।

पार्टी राजनीतिमा आउन आफूलाई कसैले रोक्न नसक्नेदेखि ४५ वर्षयता पार्टीमा आफ्नो सक्रियतासम्मको विषयलाई भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइन् ।

यसैबीच उनले आफूलाई पूर्वउपाध्यक्षको हैसियतमा राखेकी छिन् ।

पत्रकार सम्मेलनमा वाचन गरेर सुनाएको वक्तव्यको अन्तिममा भण्डारीले आफ्नो परिचय ‘पूर्वउपाध्यक्ष’ भनेर राखेकी छिन् ।

२ पृष्ठ लामो आफ्नो वक्तव्यमा उनले भनेकी छिन्, ‘म नेकपा एमालेको पार्टी जीवनमा पुन: आएँ । म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?