+
+
Shares

काकाकुल मधेशमा आशाका पोखरी (तस्वीरहरू)

विशेषगरी चुरे क्षेत्रका संरक्षित प्राकृतिक तालतलैया र बायो इन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर जाने पानी संरक्षण गरेर राखिएका स्रोतहरूमा स्थानीयको ध्यान जान थालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते २१:३५
महोत्तरीको बर्दिबास नगरपालिका–३स्थित जरायोझोरा सामुदायिक वनमा निर्माण भएको संरक्षण तथा पुनर्भरण पोखरी ।

१० असार, काठमाडौं । यतिबेला मधेश प्रदेश खडेरीको मारमा छ । खेतमा रोपेको धान सुक्न थालेको छ । जमिनमा धाँजा फाटेको छ । सरकारले नै विपद् संकटग्रस्त घोषणा गरेको छ । अवस्था अध्ययन गर्न भन्दै प्राविधिक टोली पनि परिचालन गरिएको छ ।

यसैबीच हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका केही क्षेत्रको हवाई अवलोकन समेत गरेका थिए ।

यस्तो संकटग्रस्त अवस्थामा अहिले मधेश प्रदेशमा रहेका संरक्षित पोखरीहरूको महत्व बढेको छ ।

विशेषगरी चुरे क्षेत्रका संरक्षित प्राकृतिक तालतलैया र बायो इन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर जाने पानी संरक्षण गरेर राखिएका स्रोतहरूमा स्थानीयको ध्यान जान थालेको छ ।

महोत्तरीको जरायो झोडास्थित चरिचरनबाट जोगाएर राखिएको प्राकृतिक पोखरी ।

मधेशमा चुरे क्षेत्रका प्राकृतिक र कृत्रिम सानाठूला गरी २०० बढी संरक्षण पोखरी निर्माण भएका छन् ।

नेपालभरको चुरे क्षेत्रमा कति यस्ता पोखरी छन् भन्ने यकिन तथ्यांक भने छैन ।

भूमिगत पानीको सतह घट्दै गएपछि त्यसको परिपूर्ति गर्न राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले र अन्य पर्यावरण संरक्षणमा लागेका संघसंस्थाहरूसँग मिलेर चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण गर्दै आएका छन् ।

अत्यधिक चुरे दोहनको साथै जलवायु परिवर्तनको असर मुख्य रूपमा पानीमा देखिएकाले भविष्यमा तराईका जिल्लामा पानीको चरम अभाव हुन नदिन चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण गरिएको हो ।

न्युज एजेन्सी नेपालले कैद गरेका प्राकृतिक र कृत्रिम पोखरीका केही तस्वीरहरू हामीले यहाँ प्रस्तुत गरेका छौं:

 

संरक्षण पोखरीको पानी घरायसी प्रयोजनका लागि (पशुचौपाय तथा करेसाबारीमा सिंचाइ) प्रयोग गरिएको ।
महोत्तरीको बर्दिबासमा रातुखोलाको भूमिगत जल स्रोतलाई सिंचाइको रुपमा प्रयोग गर्न बनाइएको कुलो
जरायो झोडामा संरक्षण पोखरीबाट सोलार सिस्टम प्रयोग गरी सिंचाइका लागि पानी निकालिंदै
जरायो झोडामा संरक्षण पोखरीबाट पानी निकाल्ने मेसिन प्रयोगका लागि बनाइएको सोलार प्रणाली
बर्दिबास नगरपालिका–३, कालापानीमा सौर्य ऊर्जा प्रविधिबाट मुहानको पानी ल्याएर ट्यांकीमा संकलन गरिएको ।
संरक्षण पोखरीबाट सिंचाइका लागि पानी लैजान प्रयोग गरिएको मेसिन
बायोइन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर जाने पानी संरक्षण गरिँदै
रातुखोला क्षतिग्रस्त भूमि पुनरुत्थान फलफूल रोपन बगर खेती, भंगाहा नपा–६ , संग्रामपुर, पर्सा, महोत्तरीमा निर्माण गरिएको बोरिङको पानी पिउँदै स्थानीय
स्थानीयले माटोको भाडोमा परम्परागत रुपमा पानी सञ्चय गरेर राखिएको ।
भूक्षय रोक्न तथा पानी मूहान संरक्षणका लागि बनाइएको संरचना
जमिन मुनिको सतहबाट सिपेच भएर आएको रातुखोलाको पानीलाई सञ्चित गरी सिंचाइको रुपमा प्रयोग गरिएको
धनुषाको मिथिला–११, बाहुनमारामा ४ किलोमिटर टाढा बोहरे झोरास्थित मुहानबाट ल्याएको पानी संकलनका लागि बनाइएको इन्टेक ।
संरक्षण पोखरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?