
१२ साउन, काठमाडौं । पोखरामा भेटिएका सिन्धुलीबाट सम्पर्कविहीन भएका १६ जनाको नामावली प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार बेलुकी एक विज्ञप्ति जारी गर्दै छुट्टाछुट्टै घरमा भेटिएका १६ जनाको नाम सार्वजनिक गरेको हो ।
उनीहरूसँग सोछपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार उनीहरू सबै ईलाका प्रहरी कार्यालय सिसुवाको सम्पर्कमा छन् ।
प्रहरीका अनुसार उर्मिला हायूकी छोरा नविन विकले साउन १० गते राति १ बजेतिर सबै परिवारलाई मधेश प्रदेश ०५–००१ज.००८१ नम्बरको ईभी भ्यानमा राखेर पोखरा लगेका थिए ।
उनीहरू खनियाँखर्क–सिन्धुली–हेटौंडा–मुग्लिन हुँदै पोखरा पुगेका थिए । १० गते राति पोखरा लेकसाइडको होटल जननीमा बसेका उनीहरु भोलिपल्ट ११ गते चेकआउट गरी बाहिरिएका थिए ।
त्यसपछि उनीहरुमध्येका १२ जना पोखरा महानगरपालिका–३० का स्थानीय सोमनाथ पौडेलको घरमा र बाँकी ४ जना सोही ठाउँका चन्द्र भण्डारीको घरमा शरण लिन पुगेका खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
प्रहरीले सार्वजनिक गरेको नामावली :
- उर्मिला हायू
- अस्मिता हायू
- लाल बहादुर हायू
- ओम कुमारी हायू
- कमला हायू
- सान्ता हायू
- बेग बहादुर हायू
- अर्जुन हायू
- कोमल माया हायू
- राजु हायू
- लक्की हायू
- रियासा हायू
- उषा हायू
- हिमाल हायू
- सुवर्ण हायू
- पूर्ण हायू
प्रतिक्रिया 4