News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा हरियो धनियाँको भाउ मंगलबार प्रतिकिलो ६ सय रुपैयाँ पुगेको छ।
 - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको ३ सय ६० रुपैयाँबाट मंगलबार २ सय ४० रुपैयाँले भाउ बढेको तथ्यांक सार्वजनिक गरेको छ।
 - असार पहिलो साता हरियो धनियाँको भाउ प्रतिकिलो ५४ रुपैयाँ थियो भने असार अन्तिम साता ३ सय रुपैयाँ पुगेको थियो।
 
१३ साउन, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ ह्वात्तै बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार हरियो धनियाँको भाउ बढेको हो ।
आज हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो २ सय ४० रुपैयाँ बढेको छ ।
सोमबार हरियो धनियाँ प्रतिकिलो ३ सय ६० रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने हरियो धनियाँ प्रतिकिलो ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
असार पहिलो साता प्रतिकिलो ५४ रुपैयाँ रहेको हरियो धनियाँ असार अन्तिम साता प्रतिकिलो ३ सय रुपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4