+
+
Shares

माधवलाई झलनाथको प्रश्न- तानाशाह बन्न खोज्नुभएको हो ?

खनालले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै आक्रोश व्यक्त गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाललाई तानाशाह बन्न खोजेको आरोप लगाएका छन्।
  • खनालले अध्यक्ष नेपालको पार्टी छोड्न भन्नु तानाशाही प्रवृत्ति भएको र सार्वजनिक रूपमा आदेश दिनु अशोभनीय भनेका छन्।
  • खनालले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै आक्रोश व्यक्त गरेका छन्।

१६ साउनकाठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधव नेपाल तानाशाह बन्न लागेको टिप्पणी गरेका छन् ।

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनीमाथि ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका हुन् ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा नेता खनालले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि अध्यक्ष नेपालले प्रतिवाद गरेका थिए ।

खनालको उक्त अभिव्यक्तिको प्रतिक्रियामा अध्यक्ष नेपालले सार्वजनिक रूपमै ‘पार्टी छोडेर जानसक्ने’ अभिव्यक्ति दिएका हुन् ।

जवाफमा खनालले अध्यक्ष नेपालको भनाइ अत्यन्तै अशोभनीयगैर–जिम्मेवार एवं तानाशाही प्रवृत्तिको भएको बताए । पार्टीको नेतृत्व गर्ने व्यक्तिले अर्को नेतालाई बोल्ने भाषा यस्तो हुँदैन, यदि मेरो कुरामा चित्त नबुझेको हो वा केही स्पष्ट हुनुपर्ने थियो भने पार्टीको बैठक बोलाएर वा व्यक्तिगत रूपमा सोध्न सकिन्थ्यो ।

 उनले थपे, तर त्यसरी सार्वजनिक रूपमा आदेश दिनु र पार्टी छोड्न भन्नु सरासर तानाशाही हो ।’

खनालले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै आक्रोश व्यक्त गरे

‘मैले पार्टी विद्रोहको औचित्य पुष्टि हुन सकेनजनताको काम गर्न सकिएन भन्दा पार्टी छोडेर जा भन्नेलाई मेरो प्रश्न छ – कस्तो तानाशाह बन्न खोजेको हो ?’को प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?