+

एएफसी यू-२० महिला एसियन कप छनोट : नेपालले भुटानसँग खेल्दै

२०८२ साउन  २१ गते ८:४२ २०८२ साउन २१ गते ८:४२
एएफसी यू-२० महिला एसियन कप छनोट : नेपालले भुटानसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटमा घरेलु टोली भुटानसँग खेल्दैछ।
  • मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफ यू२० र एएफसी यू-२० छनोट फरक प्रतियोगिता भएको र भुटानलाई कमजोर नठान्न सुझाव दिनुभयो।
  • भुटानकी प्रशिक्षक टंक माया घलेले छनोटका लागि तयार रहेको र गल्ती सच्याएर राम्रो नतिजा ल्याउने आशा व्यक्त गर्नुभयो।

२१ साउन, काठमाडौं । आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ ।

समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र भुटान दुवै सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू२० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा सहजै हराएको नेपालको मनोबल उच्च हुनेछ । भुटानलाई भने घरेलु मैदान र दर्शकको साथ हुनेछ ।

मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफ यू२० र एएफसी यू-२० एसियन कप छनोट फरक किसिमको प्रतियोगिता भएको बताए । साथै उनले घरेलु टोली भुटानलाई कमजोर टिमको रुपमा समेत नलिने बताए ।

साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई दुवै खेलमा सहजै पराजित गरेको थियो । ‘साफ र एएफसी छनोट खेल्नु फरक छ । यसमा भुटान घरेलु मैदानमा खेल्दैछ । हामी भुटानलाई सम्मान गर्छौं । उनीहरु डे बाई डे राम्रो खेल्दैछ,’ गुरुङले भने ‘भुटानलाई दर्शकको साथ छ र घरेलु मैदानको साथ हुन्छ । साफको नतिजाले भुटानलाई कमजोर सोच्दिन ।’

साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ६-१ र ८-० ले पराजित गरेको थियो । यसैगरी गुरुङले समूहको तीनवटै टिमलाई सम्मान गरेर खेल्ने बताएका थिए ।

यस्तै भुटानकी प्रशिक्षक टंक माया घलेले पनि छनोट प्रतियोगिताका लागि तयार रहेको बताइन् । ‘हामी छनोट प्रतियोगिताको लागि तयार छौँ र खेलाडीहरु सबै सकरात्मक छन् ।

भोलीको खेलका लागि तयार छौँ’ उनले भनिन्, ‘भर्खरै हामीले साफ यू२० खेलेका थियौँ र धेरै अनुभव हासिल गर्‍यौँ । हामी गल्तीहरुलाई सच्याउँदै यस पटक राम्रो नतिजा ल्याउने आशा छ ।’

यू-२० महिला एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय