+

एसियन पावरलिफ्टिङ च्याम्पियनसिप साउन अन्तिमदेखि काठमाडौंमा

२०८२ साउन  २१ गते १४:५० २०८२ साउन २१ गते १४:५०
एसियन पावरलिफ्टिङ च्याम्पियनसिप साउन अन्तिमदेखि काठमाडौंमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पहिलोपटक अन्तराष्ट्रिय पावरलिफ्टिङ प्रतियोगिता साउन ३०, ३१ र भदौ १ गते काठमाडौंको नेपाल पुलिस क्लब हलमा आयोजना हुने भएको छ ।
  • प्रतियोगितामा नेपाल, भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानसहित ६ राष्ट्रका १२० भन्दा बढी खेलाडी सहभागी हुनेछन् ।
  • प्रतियोगिताको बजेट करिब ८६ लाख रुपैयाँ रहेको छ ।

२१ साउन, काठमाडौं । नेपालमा पहिलोपटक अन्तराष्ट्रिय पावरलिफ्टिङ प्रतियोगिता हुने भएको छ।

नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सको आयोजनामा ‘एसियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५’ यही साउन ३०, ३१ र भदौ १ गते काठमाडौंको नेपाल पुलिस क्लब हलमा आयोजना हुने भएको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । प्रतियोगिता हिमालय क्विस्टा प्रोको मुख्य प्रायोजन, सुर्या प्लाइको सह-प्रायोजन र वर्ल्ड पावरलिफ्टिङको साझेदारीमा हुँदैछ ।

नेपाल, भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानसहित ६ राष्ट्रका १२० भन्दा बढी खेलाडीहरू प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगिता १६ तौल समूह (८ पुरुष, ८ महिला) र १२ उमेर समूह (६ पुरुष, ६ महिला) मा गरी १२८ समूहमा सञ्चालन हुनेछ।

उमेर समूहमा ४० देखि ८४ वर्ष उमेर समूह सम्म हुनेछ भने यू-१८ (जुनियर) र यू-२३ (युथ) को पनि स्पर्धा हुनेछ । प्रतियोगितामा १७ महिलासहित ४९ नेपाली खेलाडीहरू सहभागी हुनेछन् भने हालसम्म ५२ भारतीय खेालडी सहभागी हुने पक्का भएको छ ।

प्रतियोगितामा कुल ४ वटा ईभेन्टहरू छन् । पावरलिफ्ट, बेन्च प्रेस, डेडलिफ्ट र बेन्च प्रेस एण्ड डेडलिफ्ट ईभेन्टहरू हुनेछन् ।

प्रतियोगितामा पदक विजेताहरूलाई मेडल, ट्रफी र आकर्षक उपहार, साथै ५ खेलाडीलाई १० लाख रुपैयाँ बराबरको एक वर्षे बीमा पुरस्कारस्वरूप प्रदान गरिनेछ । कार्यक्रमको बजेट करिब ८६ लाख रुपैयाँ रहेको छ। प्रतियोगिता फेसबुक र युट्युबमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले भने, ‘नेपालको पावरलिफ्टिङ इतिहासमा यो पहिलो पटक आयोजना हुन लागेको हो। यो इभेन्टले नेपालको पावरलिफ्टिङलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिन मद्दत गर्छ ।’

एसियन पावरलिफ्टिङ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय