
News Summary
Generated by OK AI. Editorially reviewed.- फिरोज तिमलसेनाले निर्देशन गर्ने कथानक फिल्म ‘कहाँ गयौ तिमी...’ निर्माण हुने भएको छ।
- फिल्म प्रेमकथामा आधारित हुनेछ र पटकथा जीवन आचार्यले लेख्नेछन्।
- फिरोजले सामाजिक सञ्जालमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गरेको लेखेका छन्।
काठमाडौं । कथानक फिल्म ‘कहाँ गयौ तिमी…’ निर्माण हुने भएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने फिल्मको घोषणा शनिबारश्रीकृष्ण जन्माष्टमीको शुभसाइतमा घोषणा गरिएको हो ।
फिरोज तिमलसेनाले निर्देशन गर्ने फिल्म प्रेमकथामा आधारित हुनेछ । शीर्षक घोषणाबारेको पोस्टरमा कालो बादल र एकान्तमा रहेको एउटा घर र रूखले छोडिएको मायालाई चित्रण गरिएको छ ।
पटकथा लेखन जीवन आचार्यको रहने फिल्ममा प्रकाश नेपालीको संगीत हुनेछ ।
फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका कलाकार हुन् । उनले ‘नेपाल आइडल सिजन १’ शो निर्माता तथा एपिसोड निर्देशकको रुपमा काम गरे ।
‘भ्वाइस अफ नेपाल’ संस्थापक क्रिएटिभ हेड तथा प्रमुख सहायक निर्देशकको अनुभव उनले सँगालेका छन् । तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छाया–२’मा उनले अभिनय गरेका थिए ।
उनी पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । ‘कहाँ गयौ तिमी’ उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ । निर्माता, कलाकार, छायांकन, प्रदर्शन र अन्य जानकारी दिइएको छैन ।
फिल्मको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ । चाहिने बेला कहिले फेला पर्दैन । आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुसी र जिम्मेवारी दुवै महसुस भएको छ ।’
प्रतिक्रिया 4