+
टप एण्ड टी-२० सिरिज :

टप एन्ड टी-२० : मल्लको अर्धशतकका बाबजुद नेपालको दोस्रो हार

२०८२ साउन  ३१ गते १९:०२ २०८२ साउन ३१ गते १९:०२
टप एन्ड टी-२० : मल्लको अर्धशतकका बाबजुद नेपालको दोस्रो हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा बंगलादेश 'ए' सँग २९ रनले पराजित भएको छ।
  • नेपालले १८४ रनको लक्ष्य पछ्याएको खेलमा २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनाएको छ।
  • कुशल मल्लले अविजित ५९ रन बनाए पनि नेपाललाई जित दिलाउन सकेनन् र रकिबुल हसनले ३ विकेट लिए।

३१ साउन, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको हो ।

जितका लागि १८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनायो । नेपालका लागि कुशल मल्लले अविजित अर्धशतक बनाएपनि पर्याप्त भएन ।

मल्लले ४७ बलमा अविजित ५९ रन बनाए । बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए । सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो ।

बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए । त्यस्तै अफिफ होसेनले अविजित ४८ रन बनाए ।

नेपालका लागि रिजन ढकालले‍ २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो ।

नेपालले अब मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

टप एण्ड टी–२० सिरिज नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय