+
+
Shares

विराटनगरमा आज रथयात्रा, प्रदेशका तीन जिल्लामा बिदा  

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ७:३८

१ भदौ, विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा  विराटनगरमा आज दिउँसो निकालिदैछ ।

रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुनेछ । रथले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्नेछ । ५८ औं संस्करणको रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट सुरु भइ तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर समापन हुनेछ । नगर परिक्रमा गर्दा ४३ स्थानमा विश्राम लिइनेछ ।

वर्षौं पुरानो यो परम्परा विराटनगरको सांस्कृतिक पहिचान पनि हो । रथयात्रामा नेपाल भारतका हजारौं भक्तजन सहभागी हुन्छन् । रथयत्राका लागि प्रदेश सरकारले कोशी प्रदेशको झापा मोरङ र सुनसरीमा विदा दिएको छ ।

विक्रम संवत १९८८ मा विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिरको स्थापना भएको थियो । सोही वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट खटयत्रा निकालिएको थियो । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको पहलमा रथयात्राको सुरुवात भएको थियो । त्यसयता निरन्तर रथयात्रा भइरहेको छ । रथसँगै खटलाई पनि नगर परिक्रमा गराइन्छ ।

यो वर्ष विगतको रथलाई केही परिमार्जन गरेर यसपटक फरक शैलीमा निर्माण गरिएको छ । यसपटक सबै जनाले देख्ने गरी रथ बनाइएको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । रथयात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?