
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ शुक्रबारको १ लाख ९६ हजार २ सय रुपैयाँभन्दा ७ सय रुपैयाँले घटेको छ।
- चाँदीको भाउ आइतबार प्रतितोला २३१५ रुपैयाँबाट २३१० रुपैयाँमा झरेको छ।
१ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ थियो ।
साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी आज २३१० मा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4