
News Summary
Generated by OK AI. Editorially reviewed.- आर्या इन्टरटेन्मेन्टको फिल्म 'आ बाट आमा' को अस्ट्रेलिया र न्युजिल्याण्ड वितरण अधिकार हिमारु इन्टरटेन्मेन्टले खरिद गरेको छ।
- चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मले मातृत्वको कथा भन्छ र अन्य देशमा राइट विक्रीको लागि कुराकानी भइरहेको छ।
- फिल्ममा पल शाह, उषा उप्रेती, विपना थापा, सिम्रन पन्त र प्रदीप रावतको अभिनय हुनेछ र छायांकन भदौदेखि सुरु हुनेछ।
काठमाडौं । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड वितरण अधिकार बिक्री भएको छ । हिमारु इन्टरटेन्मेन्ट प्रालिले दुबै देशको राइट खरिद गरेको हो ।
चन्द्र पन्तको निर्देशन र पटकथामा निर्माण हुन लागेको फिल्मले मातृत्वको कथा भन्छ । अन्य देशमा राइट विक्रीको लागि कुराकानी भइरहेको र त्यसबारेमा पनि छिट्टै जानकारी दिने निर्देशक पन्तले बताए ।
यो फिल्मको शीर्ष भूमिकामा पल शाह र मोडल उषा उप्रेती अनुबन्धित भएका छन् । विपना थापा, सिम्रन पन्त र भारतीय अभिनेता प्रदीप रावत लगायतको अभिनय हुनेछ ।
छायांकन भदौदेखि सुरु हुने जनाइएको छ । प्रदर्शन फागुन १५ गतेलाई तय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4