+

१०औं एनएमएसआरए केटिएम कप फुटसलको उपाधि एसियनलाई

२०८२ भदौ  २ गते १०:०९ २०८२ भदौ २ गते १०:०९
१०औं एनएमएसआरए केटिएम कप फुटसलको उपाधि एसियनलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल औषधी तथा बिक्री प्रतिनिधी संघले आयोजना गरेको १० औं केटिएम कप फुटसल प्रतियोगिताको उपाधि एसियन फर्मासिटिकल्सले जितेको छ ।
  • फाइनलमा एसियन फर्मासिटिकल्सले टिम एनालियालाई टाईब्रेकरमा ४-३ ले पराजित गर्दै उपाधि हात पारेको हो ।
  • युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विजेता र उपविजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

२ भदौ, काठमाडौं । नेपाल औषधी तथा बिक्री प्रतिनिधी संघ (एनएमएसआरए) द्वारा आयोजित १० औं केटिएम कप फुटसल प्रतियोगिताको उपाधि एसियनले जितेको छ ।

संघको ५६औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त फुटसलमा एसियन फर्मासिटिकल्सले फाइनलमा टिम एनालियालाई टाईब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो ।

एसियन फर्मासिटिकल्स र टिम एनालियाले खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि टाईब्रेरमार्फ एसियनत ४-३ ले विजयी भयो ।

विजेता एसियन फर्मासिटिकल्सले नगद रू ३० हजार हात पार्‍यो भने उपबिजेता टिम एनालियाले २० हजार प्राप्त गर्‍यो ।

प्रतियोगिताको बेस्ट प्लेयर दिनेश घोषित भए बेस्ट गोलकिपर निजिक घोषित भए । त्यस्तै बेस्ट डिफेन्डरको भोला गुरूङल र उच्च गोल स्कोररको अवार्ड मनिषले जिते ।

प्रतियोगिता विजेता र उपविजेता दुबै टिमलाई प्रमुख अतिथी युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेको थियो । चौधरीले यस किसिमको प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै फुटसल आयोजनाले स्थानीयस्तरमा खेलाडी उत्पादनमा महत्वपुर्ण योगदान पुर्‍याएको बताए ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, अपोन अध्यक्ष बिप्लव अधिकारी, पिडीएन केन्द्रीय अध्यक्ष गणेश नेपाल, चन्द्रागिरी वडा नं. ९ का वडा अध्यक्ष अच्युत अधिकारी, वडा नं. ८ वडा अध्यक्ष प्रलाद रिजाल, वडा नं. १५ का वडा अध्यक्ष घनश्याम लुइटेल, वडा नं. १३ का वडा अध्यक्ष श्री कृष्ण खत्री, संघको पूर्व  केन्द्रिय कोषाध्यक्ष रुक्मणी शर्मा, समाजसेवी धर्मानन्द श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

एनएमएसआरए केटिएम कप फुटसल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय