+
टप एन्ड टी-२० सिरिज :

टप एन्ड टी-२० सिरिज : नेपालले होबार्टलाई दियो १८१ रनको लक्ष्य

२०८२ भदौ  ३ गते १२:५९ २०८२ भदौ ३ गते १२:५९
टप एन्ड टी-२० सिरिज : नेपालले होबार्टलाई दियो १८१ रनको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले टप एन्ड टी-२० सिरिजको चौथो खेलमा होबार्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य दिएको छ।
  • नेपालका आरिफ शेखले सर्वाधिक ३३ रन बनाए भने आसिफ शेखले २९ र कुशल भुर्तेलले २७ रन बनाए।
  • नेपालले यसअघि तीन खेलमा हार बेहोरेको थियो।

३ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्ससामू प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाउँदै होबार्टलाई १८१ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए। आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २७ रन बनाए । लोकेश बम ११ बलमा २५ रनमा अविजित रहे ।

नेपालले अतिरिक्त ३२ रन पाएको थियो । होबार्टका निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । राफ माकमिलनले पनि २ विकेट लिँदा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १-१ विकेट हात पारे ।

यसअघिका ३ वटै खेलमा पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा छ ।

नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो भने दोस्रो खेलमा शनिबार बंगलादेश ए सँग तथा तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

नेपालले यसपछि भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

टप एण्ड टी–२० सिरिज नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय