+
+
Shares

इलामको पुवा खोलामा सञ्चालनमा आयो बेलिब्रिज

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १२:२९

४ भदौ, काठमाडौं । इलाम नगरपालिका-९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेलिब्रिज सञ्चालनमा आएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरे ।

भारत सरकारको सहयोगमा उक्त पुल जडान भएको हो । पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दालाई झापासम्मको आवत–जावत सहज भएको छ ।

उक्त पुल ४८.८ मिटरको रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

१ करोड ४८ लाख रुपैयाँको लाखको लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले सो पुल निर्माण गरेको हो ।

यो पुल सञ्चालनमा आएसँगै पहाड र तराईको दुरी समेत छोटो भएको छ । पुल निर्माणले यातायात सञ्चालनमा सहज हुनका साथै स्थानीय कृषि उपजहरूको बजारीकरण भई स्थानीयको आर्थिक स्तर सुधारमा पनि सघाउ पुग्ने विश्वास गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?