
भारत र चीनले नेपाललाई ‘टेकन फर ग्रान्टेड‘को रुपमा लिए । नेपालका लागि योभन्दा ठूलो कमजोरी के हुन्छ ? हामी त न चीनले पत्याउने न भारतले पत्याउने भयौं । हाम्रै कमजोरीका कारण यो भएको हो ।
लिपुलेक भारतको सीमा होइन । यो नेपाल र चीनको सीमा हो । यो चीन र नेपालको मामिला हुनुपर्ने ठाउँमा चीन नै हामी र भारतकै हो भनेपछि कुरा बिग्रियो ।
कूटनीतिमा कुनै कुराको प्राथमिकता के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी त्यही बुझ्दैनौं । हामीले हाम्रा कुरालाई प्राथमिकतामा राखिराख्नुपर्छ । चीन र भारतलाई त यो कुरालाई टार्नैमा कल्याण छ । त्यसैले उनीहरू यो टार्न खोज्छन् । उनीहरू वार्तामै प्रवेश गर्न चाहँदैनन् । त्यसकारण उनीहरू सफल हुँदैछन् । हामीले विगतमा दुईपटक प्रोटेस्ट नोट दिएको हो । त्यसपछिको निरन्तरता भएन ।
हामीले एउटा झटारो त हान्यौं । तर हान्दैमा केही हुनेवाला छैन । हाम्रो चीन र भारतसँग मैत्रीपूर्ण भ्रमणहरू सम्बन्धहरू हुँदाखेरी हाम्रो प्राथमिकता यो सीमा हो भनेर हामी भन्नै सक्दैनौं । यी कुरालाई पछि कुरा गरौंला भनेर टार्छौं ।
दुईपक्षीय विषयमा हामी वार्तामा प्रवेशै गर्दैनौं । दुइ पक्षीय विषयहरू वर्तामा प्रवेशै गर्दैन । उनीहरूले प्रवेशै गर्न दिँदैनन् । हामी यो नहुँदासम्म हुँदैन भनेर भन्नै सक्दैनौं । रिसाउला कि भनेर हामी खुशी पार्ने प्रयासमा मात्र लाग्छौं । त्यसैको परिणाम यो हो ।
हाम्रो कूटनीति असाध्यै कमजोर भयो । हामीले हाम्रो सम्प्रभूता र सीमानाको बारेमा हामीले आफ्नै आँखा अघि बुझेको जानेको कुरा अनुसार डिजिटल म्यापिङ गरेर हामीले समाधान गर्यौं
लिपुलेक क्षेत्र, कालापनी र लिम्पियाधुरासम्मको क्षेत्र विवादित हो । यसलाई सचिवस्तरीय उच्चस्तरको छलफलबाट टुंगो लगाउने भनेको हो । त्यो कुरै हराउँदै गयो । हाम्रो भूभाग अरुको कब्जामा छ । हाम्रै हो भनेर सहमति गरेका छन् ।
पहिले त नेपाललाई केही विषयमा यसो सोध्थे। तर नक्सा जारी गरेपछि त उनीहरू सोध्दैनन् । हामीले यो विषय प्राथमिकतामा राख्नै सकेनौं । हामीले आफ्नो कुरा ‘पुस‘ गर्नै सकेनौं ।
(भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायसँग गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया 4