News Summary
Generated by OK AI. Editorially reviewed.- एभीएम टेबलटेनिस क्लब र स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिग शीर्ष स्थानमा छन्।
- टप स्पिन टेबलटेनिस गुड्स नेपाल ५२, होप्स टेबलटेनिस एकेडेमी ४५, यल टेबलटेनिस र खोल्चा पुखु खेलकुद समितिले समान ४३–४३ अंक प्राप्त गरेका छन्।
- लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् र टुंगो बिहीबार लाग्ने छ।
४ भदौ, काठमाडौं । एभीएम टेबलटेनिस क्लब र आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को चौथो दिन बुधबार संयुक्त शीर्ष स्थानमा छन् ।
छैटौं चरणको समाप्तिमा एभीएम र स्ट्यागले समान ५७–५७ अंक जोडेका छन् । अघिल्लो दिन स्ट्यागले ३८ अंक जोड्दै एकल अग्रता कायम गरेको थियो ।
टप स्पिन टेबलटेनिस गुड्स नेपालले ५२, होप्स टेबलटेनिस एकेडेमीले ४५ तथा यल टेबलटेनिस र खोल्चा पुखु खेलकुद समितिले समान ४३–४३ अंक बटुले ।
त्यस्तै, कीर्तिपुर नगरपालिकाले ४२, भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ४०, द ड्रागन्स टेबटेनिस क्लबले ३६ र ओल्ड हाउस रेस्ट्रोले ३५ अंक जोडेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा शीर्ष ४ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । त्यसको टुंगो बिहीबार लाग्ने छ ।
प्रतिक्रिया 4