+
+
Shares

विद्या भण्डारी पक्षधरको सम्पर्क कार्यालय उद्घाटनमा को-को पुगे ? (तस्वीरहरू)

कार्यक्रममा सहभागी हुन पूर्व राष्ट्रपति भण्डारी, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल लगायत पुगेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ भदौ ५ गते १४:५३

५ भदौ, काठमाडौं । राजनीतिमा सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन् । केहीबेर अघिबाट थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम भइरहेको छ ।

काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा सम्पर्क कार्यालय उद्घाटन हुन लागेको हो ।

कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल लगायत पुगेका छन् ।

यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ ।

मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको थियो । सोही समितिको कार्यालय उद्घाटन हुने नेताहरूले बताएका छन् ।

समितिको संयोजक बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको छ ।

नेताहरूका अनुसार भाडामा अहिले लिइएको घरबाटै मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएका थिए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?