
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको बिगु गाउँपालिका–५ चिलंखाका २१ वर्षीय राजु तामाङ सोरुमखोलाको ड्याममा मृत फेला परेका छन्।
- राजु तामाङ बुधबार बिहान ११ बजे माछा मार्न भन्दै घरबाट निस्किएका थिए।
- प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
५ भदौ, काभ्रेपलाञ्चोक । दोलखाको बिगु गाउँपालिका– चिलंखा बस्ने एक युवक मृत फेला परेका छन् । जिल्लाको बिगु गाउँपालिका–५ चिलंखाका २१ वर्षीय राजु तामाङ सोरुमखोलाको ड्याममा बिहीबार मृत फेला परेका हुन् ।
तामाङ बुधबार बिहान ११ बजे माछा मार्न भन्दै घरबाट निस्किएका थिए ।
तामाङको कालिञ्चोक गाउँपालिका–२ स्थित सिंगटी हाइड्रोपावर सोरुमखोलाको ड्याममा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।
घटनाको जानकारी लगत्तै प्रहरी टोली खटिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4