
चिनियाँ विदेशमन्त्री वाङ यी
६ भदौ, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको जिकिर गरेका छन् ।
पाकिस्तान भ्रमणमा रहेका वाङ यीले बिहीबार इस्लामावादमा पाकिस्तानका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री इसहाक दारसँग संयुक्त पत्रकार सम्मेलनमा दुई देशको सम्बन्धले अन्य कुनै मुलुकलाई असर नगर्ने पनि बताए ।
उनले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएका भन्सार शुल्क (ट्यारिफ) को प्रभाव समयसँगै देखिनेछ, तर यसले भारत–रूसबीचको मित्रता अझै बलियो बनाएको छ र चीनसँगको तनाव पनि कम भएको छ।’
वाङ यी मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर अफगानिस्तान हुँदै पाकिस्तान पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4