+

अष्ट्रेलिया लागे भलिबल खेलाडी रविन

२०८२ भदौ  ६ गते १७:२० २०८२ भदौ ६ गते १७:२०
अष्ट्रेलिया लागे भलिबल खेलाडी रविन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय भलिबल टोलीका स्पाइकर रविन चन्द ठकुरी अस्ट्रेलिया प्रस्थान गरेका छन्।
  • यसअघि नेपाली पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ पनि अस्ट्रेलिया गएका थिए।
  • नेपाली भलिबल खेलाडीहरु विशाल विक, टेक अवस्थी, हेमन्त मल्ल र महिला खेलाडी कविता भट्ट, सरस्वती चौधरी पनि अस्ट्रेलियामा छन्।

६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोली तथा नेपाल पुलिस क्लबबाट खेल्दै आएका स्पाइकर रविन चन्द ठकुरी पनि अस्ट्रेलिया लागेका छन्। उनी शुक्रबार बिहान अस्ट्रेलियाका प्रस्थान गरेका हुन्।

विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका रविन भविष्य सोच्दै अष्ट्रेलिया लागेका हुन् ।

रविनले केही समयअघि माल्दिभ्समा भएको काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्ट्स क्लबबाट खेलेका थिए ।

पछिल्लो समय नेपाली भलिबल खेलाडीहरु अष्ट्रेलिया जाने क्रम जारी छ ।

नेपाली पुरुष भलिबल टोलीका कप्तान रहिसकेबा मानबहादुर श्रेष्ठ पदकबाटै राजीनामा नै दिएर अष्ट्रेलिया लागेका थिए भने राष्ट्रिय टिमकै विशाल विक, टेक अवस्थी र हेमन्त मल्ल अस्ट्रेलियामै छन् ।

केही समयअघि मात्रै महिला राष्ट्रिय टिमकी मिडल ब्लकर कविता भट्ट पनि एपिएफबाट राजीनामा दिएर अष्ट्रेलिया गएकी थिइन् ।

यस्तै त्यसअघि नै सरस्वती चाैधरी पनि एपिएफबाट राजीनामा दिएर अष्ट्रेलिया गएकी थिइन् ।

खेलाडी पलायन रविन चन्द ठकुरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय