
फाइल तस्वीर
६ भदौ, काठमाडौं । शुक्रबार उपत्यकामा परेको भारी वर्षाका कारण प्रभावित हवाई उडान सामान्य भएको छ ।
त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार साँझ वर्षा थामिएसँगै उडान/अवतरण सामान्य बनेको छ । आज विमानस्थल लामो समय ठप्प नभए पनि १०/१५ मिनेट बन्द हुने र पुन: खुल्ने हुने गरेको विमानस्थलका महाप्रवन्धक हंसराज पाण्डेले जानकारी दिए ।
‘वर्षा एकै स्थानमा केन्द्रित भएन, सिमरामा खुल्दा काठमाडौं बन्द हुने र काठमाडौं खुल्दा अन्यत्र बन्द हुने जस्तै भयो,’ उनले भने, अब सबै उडान/अवतरण सामान्य बनेको छ ।’
आज उडानहरू केहीबेर ‘होल्ड’ भए पनि रद्द हुने समस्या भने नभएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4