+

काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि १८ खेलाडी छनोट

२०८२ भदौ  ८ गते १७:०६ २०८२ भदौ ८ गते १७:०६
काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि १८ खेलाडी छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले श्रीलंकाको कोलोम्बोमा हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि १८ खेलाडी छनोट गरिएको छ।
  • छनोट भएका खेलाडीले असोज १ गतेदेखि राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रशिक्षण सुरु गर्नेछन्।
  • नेपाल भलिबल संघले भदौ ३१ गतेभित्र राहदानीको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइज फोटो बुझाउन आग्रह गरेको छ।

८ भदौ, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा २०८२ कात्तिक १७ देखि २४ गतेसम्म हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-१९ महिला भलिबल प्रतियोगिताका लागि नेपालले १८ खेलाडीको टोली छनोट गरेको छ।

श्रीलंका भलिबल फेडरेसनको आयोजनामा हुने सो प्रतियोगितामा सहभागी हुने नेपाल यू-१९ महिला टोलीका खेलाडीहरुको छनोट कार्यक्रम भदौ ६ र ७ गते सम्पन्न भएको हो।

छनोटमा परेका खेलाडीले आगामी प्रशिक्षण २०८२ असोज १ गतेदेखि राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु गर्नेछन्। छनोट भएका खेलाडीलाई भदौ ३१ गतेभित्र संघमा सम्पर्क गरी राहदानीको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइज फोटो बुझाउन आग्रह गरिएको छ।

नेपाल भलिबल संघका अनुसार, छनोटमा परेका खेलाडीहरूमा भावना तामाङ, नामसरा राना, प्रतिभा चौधरी, निशा महर, मिना चौधरी, अनुस्का कार्की, एन्जिला प्रधान, रुपा लम्साल, जेनिशा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, क्रिस्मा डाँगी, सम्झना नेपाली, अनिशा थारु, स्निता खत्री, रेविका लामा तामाङ, विनिता राना, प्रशंसा बौडेल रहेका छन्।

काभा यू-१९ महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय