
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको १ लाख ९७ हजार २ सय रुपैयाँबाट १५ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ प्रतितोला २३६० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
१० भदौ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९७ हजार २ सय रुपैयाँ थियो।
यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउले अघिल्लो दिनदेखि नै नयाँ रेकर्ड बनाइरहेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २३६० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला २३५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4