
११ भदौ, काठमाडौं । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको रिटको पेसी तोकिएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश सागर बिष्टको इजलासमा रविको मुद्दाको पेसी परेको हो ।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले रिट दायर गरेकी थिइन् । बिगो बराबरको बैंक जमानत लिएर छाड्नुपर्ने माग गर्दै पौडेलले यसअघि पनि जिल्ला अदालत रुपन्देहीमा रिट दायर गरेकी थिइन् ।
उनको रिट खारेज गर्दै रविलाई छाड्न अदालतले अस्वीकार गरेको थियो । रुपन्देही अदालतले अस्वीकार गरेपछि निकिता उच्च अदालत पुगेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4