+
+
Shares

२८ सय नाघ्यो सेयर बजार, सबै सूचक बढे

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९ पुगेको छ।
  • कारोबार रकम ४ अर्ब १८ करोडबाट बढेर ७ अर्ब ६८ करोड पुगेको छ।
  • २३२ कम्पनीको मूल्य बढ्दा १९ कम्पनीको घटेको छ र सबै समूहका सूचक बढेका छन्।

११ भदौ, काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०१ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २८१९ मा पुगेको छ।

कारोबार सुरुवातका क्रममा घटेर सवा ११ बजे २७६८ अंकसम्म झरेकोमा त्यसपछि वृद्धिले अन्तिम समयसम्म निरन्तरता पाइरह्यो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६८ करोडको भयो ।

२३२ कम्पनीको मूल्य बढ्दा १९ को घट्यो । सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरे ३.४० प्रतिशत बढ्यो ।

बैंकिङ १.३८, फाइनान्स १.९८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर १.८५, लगानी २.१९, जीवन बीमा २.२१, उत्पादन तथा प्रशोधन २.६९, माइक्रोफाइनान्स १.०९, निर्जीवन बीमा १.६८, अन्य २.१४, व्यापार २.६८ प्रतिशत बढे ।

विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । समता घरेलु लघुवित्तको ९.३६, ग्रिन भेन्चर्सको ८.०८, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.६०, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.२८, नेपाल माइक्रो इन्स्योरेन्सको ५.५३ तथा लुम्बिनी विकास बैंकको ५.२३ प्रतिशत मूल्य बढ्यो ।

नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै ४.२९ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ३.०५ तथा नारायणी डेभलपमेन्ट बैंकको २.०७ प्रतिशत घट्यो ।

आज रकमका धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी र नेपाल रिपब्लिक मिडिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?