+
+
Shares

नासुमा खुला प्रतिस्पर्धा राख्ने सैद्धान्तिक सहमति, प्रतिशत तोक्न बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ११:२२

१२ भदौ, काठमाडौं । निजामती कर्मचारीमा नायब सुब्बा (नासु)मा खुला प्रतिस्पर्धाबाट समेत पदपूर्ति हुने व्यवस्था राख्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ । तर, यसको प्रतिशत कति राख्ने भन्ने विषयमा भने कुरा मिल्न बाँकी छ ।

संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नासुमा खुला प्रतिस्पर्धा राख्ने सैद्धान्तिक सहमति जुटाएको हो ।

विधायन व्यवस्थापन समितिका उपसचिव नुमराज खनाल शर्माका अनुसार नासुमा खुला प्रतिस्पर्धा कति प्रतिशत राख्ने भन्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव आएपछि निर्णय हुनेछ । उनले भनेका छन्, ‘नासुमा खुला प्रतिस्पर्धा राख्ने सैद्धान्तिक सहमति जुटेको छ । तर, कति प्रतिशत राख्ने भनेर मन्त्रालयले एउटा प्रस्ताव ल्याउँछ । त्यसपछि ठोस निर्णय हुन्छ ।’

प्रतिनिधि सभाले नासुमा शतप्रतिशत बढुवाबाट पदपुर्ति हुने प्रावधान राखेको थियो । यसलाई उल्ट्याएर राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नासुमा पनि खुला प्रतिस्पर्धा राख्ने सहमति जुटाएको हो ।

सहसचिवमा पनि १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति भएको छ । प्रतिनिधि सभाले सहसचिवमा पनि बढुवाबाट मात्रै पदपुर्ति हुने प्रावधान राखेको थियो । प्रतिनिधि सभाको निर्णयलाई उल्ट्याएर विधायन व्यवस्थापन समितिले सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने निणय गरेको हो

विधायन समितिकी सभापति तुलसीकुमारी दाहालले सरकारले सुरुमा विधेयक ल्याउँदा गरेको प्रस्ताव अगाडि बढाइएको बताइन् । प्रतिनिधिसभाले गरेको निर्णय चलाएर यस्तो निर्णय  गरिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?