News Summary
Generated by OK AI. Editorially reviewed.- समृद्धि स्कुलको आयोजनामा १८ भदौदेखि दुईदिनसम्म बनस्थलीस्थित स्कुलमा इन्डो–नेपाल कराते प्रतियोगिता हुने भएको छ।
- प्रतियोगितामा नेपालका २५ र भारतका ५ विद्यालयका २ सय ८३ खेलाडी, जसमा १ सय ६२ पुरुष र १ सय २१ महिला छन्, सहभागी हुनेछन्।
- प्रतियोगितामा टिम च्याम्पियन, उत्कृष्ट खेलाडी, प्रशिक्षक र निर्णायकलाई ट्रफी र पुरस्कार प्रदान गरिनेछ।
१८ भदौ, काठमाडौं । समृद्धि स्कुलको आयोजनामा इन्डो–नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगिताको काता र कुमुतेमा ४५ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रवि शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
नेपालका २५ तथा भारतका ५ विद्यालयबाट २ सय ८३ खेलाडीको सहभागिता रहने इसीएस निर्देशक विकास शाहीले जानकारी दिाए । १ सय ६२ पुरुष तथा १ सय २१ महिला खेलाडी सहभागी हुने छन् । भारतबाट २० खेलाडी आउने छन् ।
टिम च्याम्पियन र उपविजेतालाई ट्रफी प्रदान गरिने छ । कुमुतेमा उत्कृष्ट पुरुष/महिला तथा कातामा १ उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ । उत्कृष्ट प्रशिक्षक र निर्णायक पनि पुरस्कृत हुने छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु बनस्थलीस्थित आयोजक स्कुलकै हातामा खेलाइने छ ।
पत्रकार सम्मेलनमा समृद्धिका एडमिनिस्ट्रेटिभ डाइरेक्टर दिपेन्द्र उप्रेती र अपरेसन डाइरेक्टर दिनेश महर्जनको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4