
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विधान महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीले आफूमाथि गरेको कुठाराघातबारे छुट्टै अपिल पत्र पठाउने तयारी गरेकी छन्।
- भण्डारीले आफ्नो सदस्यता रोक्ने कार्यलाई पार्टीले गरेको अन्याय ठानेकी छन् र प्रतिनिधिहरूलाई यस्तो नियती भोग्न नपरोस् भन्ने सन्देश दिन खोजेकी छन्।
- नेकपा (एमाले) केन्द्रीय कमिटीले गत साउन ५ र ६ गते भण्डारीको सदस्यता कायम नरहने निर्णय गरेको थियो।
१९ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति समेत रहेकी एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले एमाले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई छुट्टै अपिल पत्र पठाउने तयारी गरेकी छन् ।
महाधिवेशन प्रतिनिधिहरूलाई उनले आफ्नो विश्वास र आस्थामाथि एमालेले कुठाराघात गरेको सन्देश दिने तयारी गरेकी छन् । के कति कारण र कसरी आफूमाथि कदम चालियो भन्नेबारे उनले लिखित रुपमा बताउने तयारी गरेकी छन् ।
भण्डारी निकट स्रोतका अनुसार प्रतिनिधिहरूलाई कसैले पनि पार्टीमा आफ्नो जस्तो नियती भोग्न नपरोस् भन्ने सन्देश दिन खोजेकी छन् ।
भण्डारीले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यतामा आफ्नो जो मेरो गहिरो आस्था र विश्वासको जोडिएको तर त्यो सदस्यता रोक्ने कार्यलाई पार्टीले आफूमाथि गरेको कुठाराघातको रूपमा लिने गरेकी छन् ।
पार्टीको विशेष निर्णयबाट आफू राष्ट्रपति भएको र त्यो जिम्मेवारीबाट फर्केपछि पार्टीमै क्रियाशील हुन खोज्दा रोक्ने खोज्नुलाई उनले दु: खको विषय ठानेकी छन् ।
नेकपा (एमाले) केन्द्रीय कमिटीको यही २०८२ साल श्रावण ५ र ६ गते बसेको बैठकले उनको सदस्यता कायम नरहेने निर्णय गरेको थियो ।
उनले सदस्यता नवीकरण गर्ने बेलामा र त्यसपछि पनि पार्टीका बैठकहरु बसेका र ती बैठकहरूमा कुनै प्रश्न नगरिएको तर अहिले मात्र यो कुरा ल्याएर आफूमाथि अन्याय गरेको भण्डारीको गुनासो छ ।
एमालेको विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ ।
प्रतिक्रिया 4