+
+
Shares
एमाले विधान महाधिवेशन : :

एमालेको केन्द्रीय कोषमा चार वर्षमा ६६ करोड आम्दानी, बचत साढे १४ करोड

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते २१:५९

२१ भदौं, काठमाडौं । नेकपा एमालेले पछिल्लो चार वर्षमा केन्द्रीय कोषमा झण्डै ६६ करोड आम्दानी गरेको छ । जसमध्ये सबैभन्दा बढी सदस्यता शुल्क र लेबीबाट करिब ३४ करोड आएको छ ।

ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा शनिबार पेश भएको लेखा आयोगको प्रतिवेदनअनुसार यस अवधिमा जम्मा खर्च  ५१ करोड र कुल बचत  १४ करोड ५८ लाख रूपैयाँ देखाइएको छ ।

भवन निर्माण सहयोग वापत् विगतको समेत गरी १३ करोड (तुल्सीलाल प्रतिष्ठान भवन निर्माण र हालको ३ करोड २३ लाखसमेत) प्राप्त भएको लेखा आयोगको प्रतिवेदनमा उल्लेख छ ।

एमालेका अनुसार अहिले संघीय सांसदबाट पार्टीलाई मासिक १२ हजार लिने व्यवस्था छ, जसबाट करिब रू ५ करोड ४० लाख आम्दानी भएको छ । बैंक ब्याज करिब ३ करोड र बाँकी रकम प्रकाशन बिक्री तथा सहयोगबाट प्राप्त भएको उल्लेख छ ।

यसै अवधिमा तुल्सीलाल प्रतिष्ठानको वर्तमान भवन बनाउन ८ करोड ४६ लाख आम्दानी र खर्च भएको उल्लेख छ ।

प्रथम विधान महाधिवेशन खर्च ४ करोड ३७ लाख र दशौं महाधिवेशन खर्च ११ करोड ७ लाख भएको छ । गत स्थानीय र संसदीय निर्वाचनमा करिब ३ करोड ९४ लाख खर्च भएको छ।

गत ४ वर्षमा पार्टीको सभा सम्मेलन र कार्यक्रममा भएको खर्च करिब ४ करोड २६ लाख छ ।

नियमित कार्यालय सञ्चालन खर्च १ करोड ५७ लाख छ । आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको आधारमा प्रदेशहरूको आर्थिक अवस्थाको तुलनात्मक अध्ययन गर्दा बागमती प्रदेशको आम्दानी र खर्च दुवै अरूको भन्दा बढी छ ।

जसअनुसार आम्दानी ४ करोड भन्दा बढी र खर्च लगभग ३ करोड छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरू घाटामा छन् भने अरू प्रदेशहरू बचतमा छन्।

गत अधिवेशनको लागि सबैभन्दा बढी आम्दानी गर्ने प्रदेश कोशी छ, जसले करिब ३८ लाख आम्दानी गरेको छ।

प्रदेश अधिवेशनमा भएको खर्च सबै प्रदेशहरूमा बढी नै देखिन्छ। सबैभन्दा बढी खर्च गण्डकी प्रदेशमा देखिन्छ जुन करिब ९१ लाख छ ।

अरू प्रदेशहरूमध्ये लुम्विनी करिब ८३ लाख, कोशी करिब ७५ लाख, सुदूरपश्चिम करिब ६८ लाख, बागमती करिब ६७ लाख, मधेश करिब ५१ लाख, कर्णाली करिब ३२ लाख र उपत्यका विशेष करिब १३ लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?