+

न्युजिल्यान्डका पूर्व क्रिकेटर रस टेलरले सामोआबाट खेल्ने

२०८२ भदौ  २० गते १४:१४ २०८२ भदौ २० गते १४:१४
न्युजिल्यान्डका पूर्व क्रिकेटर रस टेलरले सामोआबाट खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्डका पूर्व क्रिकेटर रस टेलरले सामोआको राष्ट्रिय टोलीबाट खेल्ने घोषणा गरेका छन्।
  • टेलरले तीन वर्षको कुलिङ अफ पिरियड पूरा गरी सामोआका लागि खेल्ने योग्यता पाएका छन्।
  • उनी टी-२० विश्वकप एसिया-इएपी छनोटमा सामोआबाट खेल्नेछन् र नेपालविरुद्ध पनि खेल्न सक्ने सम्भावना छ।

२० भदौ, काठमाडौं । न्युजिल्यान्डका पूर्व स्टार क्रिकेटर रस टेलरले सामोआको राष्ट्रिय टोलीबाट खेल्ने भएका छन् । न्युजिल्यान्डबाट सन्यास लिइसकेका टेलरले सामाजिक सञ्जालमा सामोआबाट खेल्ने कुरा सार्वजनिक गरेका हुन् ।

उनी अब नेपाल समेत सहभागी हुने टी-२० विश्वकप एसिया-इएपी छनोटमा सामोआबाट खेल्ने छन् । उनलाई सामोआको टोलीमा समावेश गरिसकिएको छ ।

नेपाल र सामोआ फरक समूहमा रहेपनि दुवै टोली अघिल्लो चरणमा प्रवेश गरेमा रस टेलरले नेपालविरुद्ध पनि खेल्ने अवस्था बन्ने छ ।

टेलरले आमाको नामबाट सामोआको पासपोर्ट प्राप्त गरेका छन् । उनले सन् २०२२ अप्रिलमा न्युजिल्यान्डबाट अन्तिम खेल खेलेपछि तीन वर्षको ‘कुलिङ अफ पिरियड’ पूरा गरी सामोआका लागि खेल्ने योग्यता पाएका थिए ।

उनले २००६ देखि २०२२ सम्म न्युजिल्यान्डका लागि ११२ टेस्ट, २३६ एकदिवसीय र १०२ टी–२० अन्तर्राष्ट्रिय खेले । यस अवधिमा उनले क्रमशः टेस्टमा ७६८३ रन, एकदिवसीयमा ८६०७ रन र टी–२० मा १९०९ रन बनाए ।

टेलर न्युजिल्यान्डका सर्वकालीन महान खेलाडीमध्ये एक मानिन्छन् ।

रस टेलर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय