+
+
Shares

पहिलोपटक चलचित्र विकास बोर्डको कार्यालयमा पुगे राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते २१:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमाल पहिलोपटक चलचित्र विकास बोर्डको कार्यालयमा प्रवेश गरेका छन्।
  • चलचित्र कलाकार संघको वार्षिकोत्सव कार्यक्रममा हमालले अध्यक्ष दिनेश डिसीबाट विशेष पुस्तक र हुलाक टिकट उपहारस्वरूप पाएका छन्।
  • हमालले बोर्डको पछिल्लो एक वर्षको कार्य प्रगतिप्रति सम्मान प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

काठमाडौं । अभिनेता राजेश हमाल पहिलोपटक चलचित्र विकास बोर्डको कार्यालयमा प्रवेश गरेका छन् ।

यसअघि उनी कार्यक्रम तथा छायांकन गरी तीन पटकसम्म बोर्ड भवनको भुइँतलास्थित हलमा पुगेपनि, कार्यालय प्रवेश भने यसअघि कहिल्यै गरेका थिएनन् ।

चलचित्र कलाकार संघको वार्षिकोत्सव कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित भएका हमाल कार्यक्रमपछि अध्यक्ष दिनेश डिसीको कार्यकक्षसम्म पुगे ।

डिसीले स्वागत गर्दै नेपाललाई चलचित्र छायांकनको प्रमुख गन्तव्यका रूपमा चिनाउने विशेष पुस्तक ‘फिल्मीङ ईन नेपाल’ र नेपाली चलचित्रको इतिहास समेटिएको पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ उपहारस्वरूप प्रदान गरे ।

डीसीले कार्यक्रममा नेपाल सरकारले प्रकाशन गरेको पहिलो नेपाली फिल्म ‘आमा’को पोष्टर अंकित हुलाक टिकट समेत उपहार दिएका थिए ।

उक्त अवसरमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री अन्जना बराइलीसहित अन्य फिल्मकर्मी सहभागी थिए ।

हमालले चलचित्र विकास बोर्डले पछिल्लो एक वर्षमा गरेको कार्य प्रगतिप्रति सम्मान प्रकट गर्दै बोर्डलाई धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष डीसी र अभिनेता हमालले आफ्नो करिअरमा २२ फिल्म र एलजी चौधरी क्वीज’सहितका टिभी कार्यक्रममा सँगै काम गरेको अनुभव साटासाट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?