+
+
Shares

उच्च मूल्यबाट घट्यो सुनचाँदी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार प्रतितोला २ लाख १२ हजार रुपैयाँमा पुगेको सुनको भाउ सोमबार ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा झरेको जनाएको छ।
  • चाँदीको भाउ पनि आइतबार प्रतितोला २५०० रुपैयाँबाट सोमबार २५ रुपैयाँले घटेर २४७५ रुपैयाँमा कायम भएको छ।

२३ भदौ, काठमाडौं । आइतबार उच्च मूल्यमा पुगेको सुनको भाउ सोमबार केही घटेको छ ।

अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । आज २ लाख ११ हजार ६ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २५०० रुपैयाँ रहेको चाँदी आज २४७५ रुपैयाँमा कायम भएको छ । चाँदी पनि अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?