
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता राजेश हमालले जेनजी आन्दोलनमा भएको हिंसाको घटनाका दोषीलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
- उनी फेसबुक पोस्टमार्फत गैरलोकतान्त्रिक चरित्रविरुद्ध निर्वाचन र संसदजस्ता संरचनालाई उपयोग गर्न सुझाव दिएका छन्।
- उनले ८ सेप्टेम्बर, २०२५ लाई नेपालको लोकतान्त्रिक यात्राको सबैभन्दा कालो दिनको रुपमा स्मरण हुने उल्लेख गरेका छन्।
काठमाडौं । अभिनेता राजेश हमालले जेनजी आन्दोलनमा भएको हिंसाको घटनाका दोषीलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
फेसबुक पोस्टमार्फत उनले गैरलोकतान्त्रिक चरित्रविरुद्ध निर्वाचन र संसदजस्ता संरचनालाई उपयोग गर्न सुझाव समेत दिएका छन् ।
निर्वाचित सरकारले एकैदिनमा रक्तपात र उत्पीडन कार्य गरेको भन्दै उनले दोषीलाई कार्वाहीको दायरामा ल्याउन भनेका छन् ।
उनी लेख्छन्, ‘ आफ्नो अधिकारको लागि उभिरहेका नागरिकहरूमाथि चलाइएको गोलीले एकै दिनमा कम्तीमा १९/२२ जनाको ज्यान लियो । यो केवल सामाजिक सञ्जाल प्रतिबन्धको बारेमा होइन, यो राज्यको दमन, अनियन्त्रित भ्रष्टाचार र मेलमिलापको सट्टा हिंसा रोज्ने सरकारको बारेमा हो ।’
उनले ८ सेप्टेम्बर, २०२५ नेपालको इतिहासमा लोकतान्त्रिक यात्राको सबैभन्दा कालो दिनको रुपमा स्मरण हुने पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4