+
+
Shares

सलमानलाई लगातारको धम्कीपछि ‘बिग बोस’मा दर्शकलाई रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सलमान खानलाई धम्कीपछि बिग बोस सेटमा सुरक्षा कडा पारिएको छ र लाइभ अडिएन्सको उपस्थिती रोकिएको छ।
  • ऋषि नेगीले सबै कार्यक्रमसँग सम्बन्धित व्यक्तिको पृष्ठभूमि जाँच गरिने र सुरक्षा उच्च प्राथमिकता रहेको बताए।
  • सलमानलाई लरेन्स ग्याङबाट धम्की आएकोले महाराष्ट्र सरकारले वाई प्लस सुरक्षा दिएको छ र ११ जना जवान उनको सुरक्षा गर्छन्।

मुम्बई । अभिनेता तथा होस्ट सलमान खानलाई लगातार धम्की आउन थालेपछि ‘बिग बोस’का निर्माताले सेटमा सुरक्षा कडा तुल्याएका छन् ।

एन्डेमोल शाइन इन्डियाका सीईओ तथा बिग बोसका निर्माता ऋषि नेगीका अनुसार सेटमा लाइभ अडिएन्सको उपस्थिती रोकिएको छ । अहिले बिग बोसमा ६०० जना कार्यरत छन् ।

उनले भने, ‘ यी मानिस ३ सिफ्टमा २४ घण्टा काम गर्छन् । महिलाहरू पनि यसमा राम्रो हिस्सा हुन् । कन्टेन्ट सुरक्षा र अन्य व्यवस्थापनमा कुनै सम्झौता गरिएको छ । दुवै हाम्रो पहिलो प्राथमिकता हुन् ।

साढे दुई वर्षदेखि सलमानको सुरक्षा कसिलो तुल्याएको उनले बताए । उनका अनुसार, अब कार्यक्रममा लाइभ अडिएन्सलाई उपस्थित हुन अनुमति दिइने छैन ।

‘यस बाहेक, कार्यक्रमसँग सम्बन्धित सबै व्यक्ति, चाहे स्थायी होस्, अस्थायी, सबैको पृष्ठभूमि जाँच गरिन्छ’ उनले भने ।

ऋषि नेगीले स्पष्ट पारे कि कार्यक्रमको सम्पूर्ण टोलीको लागि कडा प्रोटोकलहरू सेट गरिएको छ र हरेक तहमा सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ ।

सलमानलाई केही समयदेखि लरेन्स ग्याङबाट धम्की आइरहेको छ, त्यसैले उनी कडा सुरक्षामा बस्छन् ।

सन् २०२३ मा लरेन्स ग्याङबाट धम्की आएपछि मात्र सलमानको सुरक्षा बढाइएको थियो । महाराष्ट्र सरकारले उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिएको छ । ११ जना जवान उनीसँगै सधैं रहन्छन्, जसमा एक वा दुई कमाण्डो र २ जना पीएसओ समावेश छन् ।

सलमानको कारलाई एस्कर्ट गर्न सधैं अगाडि र पछाडि दुईवटा गाडी हुन्छन् । यसबाहेक, सलमानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?