+
+
Shares

प्याजको भाउ घट्यो, किलोको कति ?

हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १६:३८

२९ भदौ, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार सुकेको प्याजको भाउ घटेको देखाएको हो ।

समितिको तथ्यांक अनुसार आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि ३९ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३८ रुपैयाँ कायम छ ।

हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।

एक महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँ थियो ।

आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?