+

डिककले फिर्ता लिए सन्यास, दक्षिण अफ्रिकाको टोलीमा फर्किए

२०८२ असोज  ६ गते १४:५३ २०८२ असोज ६ गते १४:५३
डिककले फिर्ता लिए सन्यास, दक्षिण अफ्रिकाको टोलीमा फर्किए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले एकदिवसीय क्रिकेटबाट लिएको सन्यास फिर्ता लिँदै टोलीमा पुनरागमन गरेका छन्।
  • डिककले सन् २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलपछि सन्यास घोषणा गरेका थिए र अहिले पाकिस्तान भ्रमणका लागि एकदिवसीय टोलीमा फर्किएका छन्।
  • पाकिस्तान र दक्षिण अफ्रिकाबीच अक्टोबर दोस्रो सातादेखि दुई टेस्ट, तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखला सुरु हुनेछ।

६ असोज, काठमाडौं । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले एकदिवसीय क्रिकेटबाट लिएको सन्यास फिर्ता लिँदै दक्षिण अफ्रिकाको टोलीमा पुनरागमन गरेका छन् ।

सन् २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलमा पराजित भएपछि सन्यासको घोषणा गरेका डिकक पाकिस्तान भ्रमणका लागि घोषणा गरिएको एकदिवसीय टोलीमा फर्किएका हुन् ।

उनले टी–२०आई टोलीमा समेत पुनरागमन गरेका छन्। डिककले पछिल्लोपटक २०२४ जुनमा बार्बाडोसमा भएको टी–२० विश्वकप फाइनलमा दक्षिण अफ्रिकाका लागि खेलेका थिए।

३२ वर्षीय डिककले २०२१ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए भने २०२३ विश्वकपपछि एकदिवसीय क्रिकेटबाट पनि सन्यास घोषणा गरेका थिए। तर उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्णरूपमा भने सन्यास लिएका थिएनन्।

पाकिस्तान र दक्षिण अफ्रिकाको बीचमा आगामी अक्टोबर दोस्रो सातादेखि दुई टेस्ट, तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखला सुरु हुनेछ।

क्विन्टन डिकक दक्षिण अफ्रिका क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय