+
+
Shares

झलनाथ पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगिंदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १९:४६

६ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

छोरा निर्भिकसहित भारत जाने तयारी रहेको परिवारका एक सदस्यले अनलाइनखबरलाई बताए । उनलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिन लागेको हो ।

उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो । अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार, अब चित्रकारको ज्यान खतरामा भने छैन ।

तर, उनलाई निमोनिया भने निको हुनका लागि समय लाग्छ ।

आगजनीमा परेपछि उनको फोक्सोमा अत्यन्तै धेरै धुवाँ पुगेको र त्यसले असर गरेको डा. राईले जानकारी दिए ।

‘निमोनिया थियो । उहाँको फोक्सोमा धेरै नै ग्यास पुगेको थियो । हामीले मेसिनकै प्रयोग गरेर त्यो ग्याँस निकाल्यौं,’ डा. राईले भने ।

उनको स्वास्थ्यमा सुधार देखिएको भए पनि निमोनिया चाँडो निको गराउन पनि परिवारकै सल्लाह अनुसार भारत लान लागिएको हो ।

डा. राईका अनुसार चित्रकारको शरीरमा १५ प्रतिशत जलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?