News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'डल्लेले इन्ट्री मार्यो'को शीर्ष अभिनेत्रीमा रोशनी खड्का दशैंको घटस्थापनाको अवसरमा अनुबन्धित भएकी छन्।
- राजु गिरीले निर्देशन गर्ने सो फिल्ममा रोशनीलाई सागर लम्साल 'बले'को जोडीको रुपमा देखाइनेछ।
- फिल्मको छायांकन चितवन र काठ्माडौमा दशैंपछि सुरु हुने र यसमा रमेश बुढाथोकी, रवीन्द्र झा लगायतको अभिनय रहनेछ।
काठमाडौं । फिल्म ’डल्लेले इन्ट्री मार्यो’को शीर्ष अभिनेत्रीमा रोशनी खड्का अनुबन्धित भएकी छन् । राजु गिरीले निर्देशन गर्ने फिल्मले दशैंको घटस्थापनाको अवसरमा उनलाई अनुबन्धित गरेको हो ।
निर्देशनमा बन्ने फिल्म टिमले रोशनीलाई घटस्थापनाको दिन पारेर सोमबार अनुबन्ध गरेको हो ।
मिस नेपाल २०२५ को अडिसनका क्रममा कोरियोग्राफर रचना गुरुङ शर्माले उनको हातको पृष्ठभूमिबारे प्रश्न सोधेपछि रोशनी एकाएक चर्चामा आएकी थिइन् ।
त्यतिबेला उक्त घटनालाई लिएर सामाजिक सञ्जाल नै विभाजित बनेको थियो । त्यतिबेला रोेशनीले जन्मजातदेखि नै आफ्नो हातमा समस्या रहेको बताएकी थिइन् ।

यो फिल्ममा उनलाई सागर लम्साल ‘बले’को जोडीको रुपमा देख्न पाइने भएको छ । लक्ष्मण सुवेदीको पटकथा हुने फिल्ममा रमेश बुढाथोकी, रवीन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेललगायतकाको अभिनय हुनेछ ।
श्याम तामाङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको संगीत हुनेछ ।
चितवन र काठ्माडौमा छायांकन हुने फिल्म सोसल कमेडी जनरामा निर्माण हुने जनाइएको छ । दशैं लगत्तै छायांकन सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया 4