२३ साउन काठमाडौं । सम्भावित जोखिमका लागि मोटो रकम छुट्याउनु परेपछि नेपाल बंगलादेश -एनबी) बैंकको नाफामा असर परेको छ । बैंकले एक वर्षको अवधिमा एक करोड रुपैयाँ पनि नाफा बढाउन सकेन ।
शुक्रबार प्रकाशित वित्तीय विवरण अनुसार एनबी बैंकले आर्थिक वर्ष २०७०/०७१ मा ७८ करोड २१ ल्ााख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०६९/०७० मा बैंकले ७७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद व्याज आम्दानी २५ करोड रुपैयाँले बढेपनि सम्भावित जोखिम व्यवस्था (प्रोभिजनिङ) पनि २५ करोड रुपैयाँले नै बढेकाले बैंकको नाफा बढ्न नसकेको हो ।
अघिल्लो वर्ष ६८ करोड ६२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले गत वर्ष यस्तो आम्दानी ८५ करोड ६२ लाख रुपैयाँ गरेको छ । त्यसैगरी अघिल्लो वर्ष ६ करोड ६३ लाख रुपैयाँ प्रोभिजनिङ गरेको बैंकले गत वर्ष ३१ करोड ५३ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ ।
तर, सम्भावित जोखिम व्यवस्था वापतको फिर्ता (राइटव्याक) भने झन्डै एक करोड रुपैयाँले घटेको छ । अघिल्लो वर्ष ३२ करोड ६१ ल्ाख रुपैयाँ राइटव्याक गरेको बैंकले गत वर्ष ३१ करोड ६४ लाख रुपैयाँ मात्रै राइटव्याक गरेको छ ।
कूल कर्जाको १.३५ प्रतिशत खराब कर्जा र ७.६६ प्रतिशत रियलस्टेट कर्जा रहेको वित्तीय विवरणमा उल्लेख छ । त्यसैगरी प्रतिसेयर नेटवर्थ १ सय ९७ रुपैयाँ छ ।
बैंकले २०७१ असार मसान्तसम्म्मा २५ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । २०७० असार मसान्तमा बैंकले १७ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया 4